• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

संक्रमित २ लाख नाघे, आज निको हुने १६६६ जना

  • खबरदाता

संक्रमित २ लाख नाघे, आज निको हुने १६६६ जना

 

कार्तिक–२६, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८१ नमुनाको परिक्षण गर्दा २ हजार ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ५६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३८ हजार ९१२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २८ हजार ३९३ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज चितवनमा १८ र काठमाण्डौं उपत्यकामा १२६१ जना संक्रमित थपिए। हाल देशभरमा ३८२ आईसियुमा छन् भने ९५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १६६६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यो ८० प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ११७४ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७, बुधवार ११:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८