• भदौ १८, २०८३, बिहीवार Thursday, 03 September, 2026

एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

  • खबरदाता

एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ।

३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको हो ।

हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६५५ डीएनए संकलन गरिएको छ ।

बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ ।

  • प्रकाशित मिति : भदौ १८, २०८३, बिहीवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८