• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी १३ तारिख । माघ कृष्ण पक्षको दशमी तिथि । राष्ट्रिय भाक्का दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने विश्वासको अभाव देखिन्छ ।

वृष – दिन राम्रो छ । आम्दानी हुने दिन छ । पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ । परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ । प्रेमीसँग भेट हुनेछ ।

मिथुन – शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आर्थिक उन्नति हुनेछ । मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।

कर्कट – दैनिकी सामान्य छ । गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ । खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ । आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ ।

सिंह – समय राम्रो छ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ । परिवारको साथ मिल्नेछ ।

कन्या – समय राम्रो छ । हरेक क्षेत्र सबल छन् । स्वदेशमै विकल्प देख्न सकिन्छ । परिवारमा भने विश्वासको अभाव हुनेछ । गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ ।

तुला – हरेक क्षेत्र अब्बल छन् । आज परोपकार गर्नु राम्रो हुन्छ । धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन् । पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिक – दिन सामान्य छ । ठुलो काममा हात नहाल्नु राम्रो हुन्छ । हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ ।

धनु – कामको प्रशंसा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । बोलीको प्रभाव देखिने योग रहेको छ । विचार गरेर बोल्नु राम्रो हुन्छ ।

मकर – समय सामान्य छ । हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ – समय राम्रो छ । कर्मको फल मिल्नेछ । तपाईंलाई न्याय हुनेछ । पन्छीलाई दाना दिनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

मीन – दैनिकी राम्रो छ । अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ । परिवारमा खटपटी हुनेछ ।

  • प्रकाशित मिति : पुस २९, २०८२, मंगलवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८