• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १९ तारिख । पौष कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।

वृष – दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमा रोजगारीको विकल्प देखिनेछन् ।

मिथुन – दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ । पठनपाठनमा मन जानेछ । घरको वातावरण शान्त बन्नेछ ।

कर्कट – दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । रोगले सताउने जोखिम छ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह – खर्च बढ्नेछ । असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ । विदेशको मोह त्यागेर स्वदेशमा मिहेनत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या – स्वास्थ्यले साथ दिनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । कृषिमा दूधको व्यापार गर्नु फाइदा हुनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

तुला – शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ ।

वृश्चिक – दिन राम्रो छ । मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ । आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ । बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु – स्वास्थ्यामा सुधार हुनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा अशान्ति बढ्नेछ । परिवारबाट अपमानित भएको महसुस हुनेछ ।

मकर – दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन् । शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ ।

कुम्भ – दिन राम्रो छ । स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्नेछ । सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ ।

मीन – शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ ।

  • प्रकाशित मिति : पुस ४, २०८२, शुक्रवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८