• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

नेपाली यू–१९ टोली एसिया कपमा छनोट

  • खबरदाता

नेपाली यू–१९ टोली एसिया कपमा छनोट

नेपाली यू–१९ टोली एसिया कपका निम्ति छनोट भएको छ । नेपालले शनिबार (मंसिर १३) सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

मलेसियाका मोहम्मद अक्रामले एक विकेट हासिल गरे ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो । मलेसियाका हमजाह पंगीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका निम्ति नीतीशकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एकरएक विकेट लिए ।

कुल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टिम आउँदो एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदै छ । रासस

  • प्रकाशित मिति : मंसिर १३, २०८२, शनिवार १५:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८