• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल

आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

वृष तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

मिथुन दिन धेरै राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह दिन सामान्य छ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। परिवारका कारणले निराशा बढ्नेछ। मिल्ने साथीसँग विवाद हुने जोखिम देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

कन्या दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विज्ञसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुला दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक दिन राम्रो छ। सोचेका काम सहजै बन्नेछन्। मन शान्त बन्ने योग छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु तपाईंका लागि आजको दिन सहज छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

मकर दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवनमा झन्झट आइपर्ने देखिन्छ ।

कुम्भ दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको महत्त्वपूर्ण यात्रा तय हुनेछ।

मीन दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। साथीसँग थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। हरेक काम गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

  • प्रकाशित मिति : असोज २७, २०८२, सोमवार ०५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८