• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

आज २०८२ साल असोज २० गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८२ साल असोज २० गते सोमबारको राशिफल

आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । पूर्णिमा व्रत । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला ।

वृष – दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको भए राम्रै नतिजा हात लाग्नेछ, सामाजिक सेवाका अवसर मिल्नेछ । परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ ।

मिथुन – दिन रामै्र छ । धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट – दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । शिक्षामा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज परामर्श लिएर गरेको काममा फाइदा हुनेछ ।

सिंह – दिन सामान्य छ । आज खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफूले विश्वास गरेका साथीबाट धोका हुनसक्छ ।

कन्या – दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । अनावश्यक काममा सम्पत्ति खर्च हुनेछ । समाजसेवाका अवसर मिल्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला – दिन सामान्य छ । आफन्तबाट अपमान भएको भान हुनेछ । स्वास्थ्यले साथ नदिँदा मन खिन्न हुनेछ । धर्मकर्ममा मन जानेछ । संकटमा साथीको साथ मिल्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृश्चिक – दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । शिक्षामा प्रगति हुनेछ ।

धनु – दिन सामान्य छ । लगानी गरेको भए घाटा हुने सम्भावना छ । परिवारको साथसहयोगमा अघि बढेको कामबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ ।

मकर – दिन सामान्य छ । आज सञ्चित धन खर्च हुनेछ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । बन्धुसँगको कार्यएकताले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ- दिन राम्रो छ । शिक्षामा जोश जाँगर बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । व्यापारमा नाफा हुने योग छ ।

मीन – दिन राम्रो छ । मन प्रशन्न हुने योग छ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । लगानी गरेको भए सामाजिक क्षेत्रमा फाइदा हुनेछ । आर्थिक र पारिवारिक सम्बन्ध पनि सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : असोज २०, २०८२, सोमवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८