• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो

  • एजेन्सि

अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो

अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे उक्त दुर्घटना भएको एपीले जनाएको छ ।

अवतरणअघि नै विमान हेलिकोप्टरसँग ठोक्किएको त्यहाँको संघीय उड्डयन प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, विमानमा ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।

उक्त विमानस्थलका सबै उडान तत्कालका निम्ति बन्द गरिएको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ । नदीमा उद्धार र खोजीकार्य जारी छ ।

  • प्रकाशित मिति : माघ १७, २०८१, बिहीवार १०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८