• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

अमेरिकामा टिकटकको सेवा पुनः सुरु

  • खबरदाता

अमेरिकामा टिकटकको सेवा पुनः सुरु

डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।

टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकी कानुनअनुसार टिकटकले राष्ट्रिय सुरक्षालाई उदृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो ।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिनसक्ने बताएका छन् । विगतमा ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । यसपछि अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घन्टाअघि टिकटकले आफ्नो सेवा बन्द गरेको थियो । बीबीसी

  • प्रकाशित मिति : माघ ७, २०८१, सोमवार ०८:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८