• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

  • एजेन्सि

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

रेजिनीको सन् १९९८ मा पनि हत्याको प्रयास भएको थियो । हमलाकारीले उनको गाडीमा चुम्बकीय बम जोड्दा सो आक्रमणमा उनी घाइते भएका थिए ।

  • प्रकाशित मिति : माघ ५, २०८१, शनिवार १८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८