• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

जय ट्रफीको फाइनलमा आर्मी, मधेस बाहिरियो

  • खबरदाता

जय ट्रफीको फाइनलमा आर्मी, मधेस बाहिरियो

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको पाँचौँ खेलमा मधेस प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

आइतबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा मधेसबाट पाएको २८ रनको झिनो लक्ष्य आर्मीले ६ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा तिर्थराज दासले सर्वाधिक १३ रन बनाए । ओपनर इमरान सेखले आठ रन थप्दा सन्तोष कार्की र बसिर अहमेदले समान चार रन जोडे ।

दोस्रो इनिङमा मधेसका प्रदीप पासवानले दुई विकेट लिए ।

त्यसअघि ब्याटिङमा मधेसले दोस्रो इनिङमा सबै विकेट गुमाएर १५० रनमात्र बनाएपछि आर्मीले २८ रनको लक्ष्य पाएको हो ।

मधेबाट दोस्रो इनिङमा मयन यादवले सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका ८७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २५ रन थपे । अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमांशु दत्तले ११ रन जोडे ।

आर्मीका बसिर अहमेदले चार विकेट लिए । २०।१ ओभर बलिङ गरेका बसिरले सात मेडन फ्याँक्दै २३ रन खर्चिए । साहब आलमले तीन विकेट लिए । आकाश चन्दले दुई विकेट हात पारे ।

त्यसअघि आर्मीले इनिङ समाप्तिको घोषणा गर्नुअघि नौ विकेट गुमाएर २२५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मधेसले पहिलो इनिङमा १०२ रन मात्र बनाउन सक्यो । त्यसपछि आर्मीबाट फलोअन पाएको मधेसले एक ओभरमा दुई रन बनाउँदा अम्पायरले दिनको अन्त्य गरे ।

पहिलो इनिङमा आर्मीका दुई ब्याटरले अर्धशतक बनाए । बसिर अहमेद र भीम सार्कीले क्रमशः ६७ रन ५२ रनको योगदान गरे । इमरान शेखले ४२ रन थपे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीले पहिलो इनिङमा २९ अतिरिक्त रन पाएको थियो ।

आर्मीविरुद्ध मधेसका रञ्जीत कुमारले पाँच विकेट लिए । १६।३ ओभर बलिङ गरेका रञ्जीतले तीन मेडन फ्याँक्दै पाँच विकेट लिएका हुन् । प्रदीप पासवानले दुई र अभिषेक तिवारी र हरिशंकर साहले समान एक विकेट लिए ।

पहिलो इनिङमा मधेसका कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाए । अभिषेक तिवारीले १३, मयन यादवले ११ र प्रदीप पासवानले १० रन थपे ।

मधेसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ६ विकेट लिए । साहबले १२ ओभरमा पाँच मेडन फ्याँक्दै ३७ रन खर्चिए । सोमपाल कामी, आकाश चन्द, बसिर अहमेद र पवन कार्कीले समान एक विकेट लिए ।

दोस्रो इनिङमा मधेसबाट हाल हिमांशु दत्त दुई रन र मयन यादव शून्यमा छन् ।

प्रतियोगितामा आर्मीको यो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र वाग्मतीसँग ‘ड्र’ खेलेको थियो । पहिलो खेलमा मधेस र वाग्मती प्रदेशले ‘ड्र’ खेलेका थिए । मधेसले दोस्रो खेलमा नेपाल पुलिससँग एक इनिङ र ३५ रनको हार बेहोरेको थियो ।

  • प्रकाशित मिति : पुस २८, २०८१, आइतवार १५:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८