• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कञ्चटमा गोली प्रहार

  • खबरदाता

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कञ्चटमा गोली प्रहार

चैत २, २०८०

काठमाडौं । रौतहटस्थित शिव मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कञ्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले  जानकारी दिए ।

उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको एसपी श्रेष्ठले बताए ।

गोली प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लाको पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

  • प्रकाशित मिति : चैत २, २०८०, शुक्रवार १५:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८