• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

राजस्थान माथी जीत निकाल्दै दिल्ली शिर्ष स्थानमा

  • खवरदाता

राजस्थान माथी जीत निकाल्दै दिल्ली शिर्ष स्थानमा

आश्विन–२४, २०७७

राजस्थानलाई रोयल्सलाई ४६ रनले हराउदै दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा विजय यात्रालाई जारी राखेको छ । शुक्रबार भएको खेलमा १८५ रनको लक्ष्य पाएको राजस्थान दुई बल बाँकी रहदा सम्पूर्ण विकेट गुमाउदै १३८ रनमा सिमित भयो । तेश्रो ओभरमा रविचन्द्र अश्विनको बलमा जोस बटलर १३ रनमा आउट भए पछि छोटो समयको अन्तरालमा विकेट गुमाउने क्रम अन्त सम्म कायम नै रह््यो । चार ओभरमा २२ रन खर्चीदै दुई विकेट लिएका अश्विन म्यान अफ द म्याच भए । दिल्लीका राहुल टेबटीयाले सर्वाधीक ३८ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि सिम्रन हटमायरले २४ बलमा ४५ रन प्रहार गरे । मार्कस स्टोनिसले ३० बलमा ३९ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले ४ ओभरमा २४ रन खर्चेर तिन विकेट लिए ।

जित सहित दिल्ली ६ खेलमा १० अंक सहित शिर्ष स्थानमा छ । राजस्थान भने ४ अंक सहित सातौ स्थानमा छ । सुरुवाती दुवै खेलमा जित हात पारेको राजस्थानको यो लगाता चौथो हार हो ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ०२:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८