• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

  • खबरदाता

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी-२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन्।

३८ वर्षीय गुप्तिल अहिले न्युजिल्यान्डको टी-२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन्। पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ।

न्युजिल्यान्डका लागि १९८ एक दिवसीय खेलेका उनले सो क्रममा ४३ सय ४६ रन प्रहार गरेका छन्। उनले भन्दा बढी रोज टेलरले आठ हजार ६०७ तथा स्टेफन फ्लेमिङले आठ हजार ७ रन प्रहार गरेका छन्।

टी-२० उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन्। उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन्। उनी पछिल्लो समय नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आएका थिए। उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए।

 

  • प्रकाशित मिति : पुस २५, २०८१, बिहीवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८