• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको अग्रता बढ्दै

  • खबरदाता

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको अग्रता बढ्दै

 

जेठ ३,२०७९

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठको अग्रता कायमै छ।

हालसम्मको मतगणना अनुसार श्रेष्ठले १२ हजार ७१८ मत ल्याएका छन्।

उनले नेकपा एमालेका मदन सुन्दर श्रेष्ठलाई ३६१० मतले पछि पारेका छन्। एमालेका श्रेष्ठले ९१०८ मत ल्याएर पछ्याइरहेका छन्।

उमपेयरमा मा‌ओवादी केन्द्रले अग्रता लिएको छ। माओवादीका विजय कृष्ण श्रेष्‍ठले १० हजार ५१२ मत ल्याएका छन्।

एमालेका उत्तरा नेपालले ७ हजार ५४२ मत प्राप्तगरेकी छिन्।

हालसम्म वडा नम्बर १ देखि ७ सम्मको मतगणना भइसकेको छ। वडा नम्बर ७ बाट मंगलबार एमालेका कृष्णबहादुर प्रजापति विजयी भएका छन्।

अहिले वडा नम्बर ८ को मत गणना भइरहेको छ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८