बैशाख २२,२०७९
चितवन – नेकपा एकीकृत समाजबआदीका अध्यक्ष माधब कुमार नेपालले देशभर गठबन्धनको माहोल तातेको बताएका छन।
भरतपुरमा आज हुने गठबन्धनको सभालाइ सम्बोधन गर्न आएका नेपालले भरतपुर विमानस्थलमा कुरा गर्दै आफुहरुले सोचेभन्दा राम्रो माहोल बनेकाले अधिकांस ठाउँमा गठबन्धनले चुनाब जित्ने दाबी गरे ।
गठबन्धनको ब्यबस्थापन राम्रो भएकोले अधिकांस स्थानमा गठबन्धनको जित हुने उनले बताए। उनले भने , ;राम्रो ब्यबस्थापन भएकोले जनताको रेस्पोन्स राम्रो छ । सबै ठाउँमा गठबन्धन भइदिएको भए गज्जब हुन्थ्यो भन्ने प्रतिक्रिया आएको छ।’
अहिले आफ्नो दुखेसो पोख्ने भन्दा पनि गठबन्धनलाइ कसरी अझ मझबुद पार्ने भन्ने तर्फ लाग्नु पर्नेमा उनले जोड दिए।
आज भरतपुरमा हुने गठबन्धनको चुनावी सभालाइ सम्बोधन उनी आएका हुन । सो सभालाइ प्रधानमन्त्री शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा र उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८