बैशाख १२,२०७९
चितवन – नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरमा स्वोतन्त्र उम्मेद्बारी दिएका छन।
उम्मेद्बारी दर्ता गर्न पुर्ब सांसद समेत रहेका पौडेल बाजागाजा सहित दलबलका साथ प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
पौडेल सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।
सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले पाउने गरी भागवण्डा भएपछि चितवन कांग्रेसका कतिपय नेताहरू असन्तुष्ट छन् । सोही असन्तुष्ट समूहबाट पौडेलले उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
आइतबार चितवनमा बसेको असन्तुष्ट समूहको बैठकमा पौडेलले स्वतन्त्र उम्मेदवारी दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार उनी बाजागाजासहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८