बैशाख ११,२०७९
चितवन – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनयनको पहिलो दिन आइतबार भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
ती उम्मेद्वारहरुमध्ये ६ जना राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्रतर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले महानगरको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुन,नेकपा मालेबाट सुर्यप्रसाद रेग्मी,मौलिक जरोकिलो पार्टीबाट बिनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोलाले उमेद्वारी गराएका हुन् ।
स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल,हरिश्चन्द्र घिमिरे र रामकृष्ण ओझाले पनि उम्मेद्वारी दर्ता गराएक कार्यालयले जनाएको छ ।
यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा ९माले०बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदीले भने सोमबार मात्रै उमेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८