चैत २५,२०७८
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले निजि हतियार बुझाउन आग्रह गरेको १० दिनको अबधिमा जम्मा ५ जनाले मात्र आफ्ना हतियार बुझाएका छन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार चैत २५ गते सम्म ५ जनाले मात्र हतियार प्रहरीलाइ बुझाएका छन।
जस मध्ये वडा प्रहरी कार्यालय नारायणगढमा १२ बोर २ नाले २ थान र पइन्ट टुटु १ थान गरी जम्मा ३ थान र जिल्ला प्रहरी कार्यालय चितवनमा १२ बोर १ नाले भरुवा १ थान र १२ बोर २ नाले १ थान गरी २ थान सहित जम्मा ५ थान हतियार मात्र प्रहरीले बुझेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनको तथ्यांक अनुसार चितवन जिल्ला भर निजि प्रयोजनका लागि भनेर विभिन्न ब्यक्तिहरुले १४१ थान हतियार प्रयोग गर्दै आएका छन।
जस मध्ये २७ हतियारको मात्र नवीकरण गरिएको प्रशासनले जनाएको छ।
स्थानिय तहको निर्वाचनलाइ भयरहित, शान्तिपुर्ण र भरपर्दो बनाउने उदेश्यले जिल्ला प्रशासन कार्यालयले चैत १५ गते सूचना जारी गर्दै चैत मसान्त भित्र नजिकको प्रहरी युनिटमा हतियार बुझाउन आग्रह गरेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८