चैत २५,२०७८
चितवन – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन।
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजेलाइ बैठक बोलाएका हुन।
प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।
आज बस्ने गठबन्धनको बैठकले महानगर लगायतका पालिकाहरुको बस्तुस्थिति बुझेर महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
महानगरहरु मध्ये महत्त्वपूर्ण रुपमा लिइएको भरतपुरको बारेमा आज बस्ने बैठकले कस्तो निर्णय गर्ला भनेर सबैको चासो बढेको देखिन्छ ।
यसपटक काङ्ग्रेसले भरतपुरको मेयर आफुले पाउनुपर्ने दाबी गरेको छ।यसै बिषयलाइ लिएर नेतृत्व तहलाइ दबाब स्वरुप ध्यानाकर्षण गराउन काङ्ग्रेस चितवनका सभापति राजेश्वर खानलको टोलि काठमाडौं पुगेको छ। उक्त टोलिले बिहीवारन नेता रामचन्द्र पौडेल ,गगन थापा लगायतका नेताहरुसंग भेट गरिसकेको छ ।सो टोलिले आजनै काङ्ग्रेस सभापति देउवालाइ भेट गर्ने जनाइएको छ।
उक्त टोलिमा खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला र पुर्ब सांसद जगन्नाथ पौडल लगायत रहेका छन।
तर माओवादीले भने भरतपुरमा आफ्नो पार्टीले मेयर पाउने निश्चिति जस्तै गरिसकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८