• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नारायणगढ- मुग्लिन सडकको सत्रकिलोमा एक ट्रक आगलागी

  • खबरदाता

नारायणगढ- मुग्लिन सडकको सत्रकिलोमा एक ट्रक आगलागी

चैत १७,२०७८

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सत्रकिलोमा एकाबिहानै ट्रकमा आगलागी भएको छ । बिहिवार बिहान करिब ५ः५५ बजेतिर सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

सडक छेउको ग्यापिङ्ग जालिमा ठोक्किदा ट्रकमा विद्युत सर्ट भई आगलागी भएको जिल्ल प्रहरी कार्यालका चितवनका प्रबक्ता नरहरी अधिकारी जानकारी दिए । दमकलको सहयोगमा आगलागि नियन्त्रणमा लिइसकिएको छ ।

दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ । ट्रक पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८