• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

‘म माओवादीको मात्र होइन सिंगो राष्ट्रको अध्यक्ष हुँ’ : प्रचण्ड

  • केपी शर्मा

‘म माओवादीको मात्र होइन सिंगो राष्ट्रको अध्यक्ष हुँ’ : प्रचण्ड

चैत, ११ २०७८ ।

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माओवादी पार्टीको मात्र नभएर सिंगो राष्ट्रको अध्यक्ष भएको दाबी गरेका छन् ।

चुनावलक्षित कार्यक्रमलाई लिएर बिहीबारनै चितवन आएका प्रचण्डले शुक्रबार महानगरको भवन शिलन्यास कार्यक्रमपछि यस्तो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राष्ट्र आफ्नै वरिपरि घुमिरहेको आफूलाई महसुस भएको बताए । ‘मलाई नेकपा माओवादीको अध्यक्ष मात्र होइन राष्ट्रकै अध्यक्ष हुँ कि जस्तो लाग्न थालेको छ’ उनले भने । अहिले देश पुनः अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै पुनः नेकपा माओवादी पार्टी अग्रपंक्तिमा आउनुपर्ने बाध्यता सिर्जना भएको उनको दाबी थियो ।

भरतपुर महानगरको विकासप्रती जिब्रो नचपाउन आफू इतरका दलहरुलाई उनले आग्रह गरेका छन् । अन्य महानगरको तुलानामा भरतपुर महानगर विकासप्रति एक नम्बरमा रहेको दाबी गर्दै ४१ किलोमिटर रिङरोड निर्माण सम्पन्न भइसकेको उनले बताए ।

शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भरतपुरको विकास देखेर स्वदेशी मात्रै होइन विदेशी पनि अचम्म पर्ने गरेको उनको भनाइ थियो।  ‘विदेशीहरु आउँदा भरतपुरको विकास देखेर विदेशकै जस्तो विकास भएको महसुष गर्ने गरेका छन् यो चर्चा विदेशमा पनि सुन्ने गरिन्छ अध्यक्ष प्रचण्डले भने, ‘हामीले राम्रोलाई राम्रो भन्न सक्नुपर्छ, विकास भयो भन्न नसक्दा कतै विकासको अवरोध गर्न त खोजिएको छैन।’

जब राष्ट समस्यामा पर्छ तब आफू त्यसका लागि भारी बोकेर अगाडि बढ्नुपर्ने अवस्था आउनेगरेको उनले बताए । उनले भने,’देशमा अप्ठ्यारो पर्दा जसरी पनि राष्ट्र बचाउनु पर्छ भनेर म त्यो दुखको भारी बोकेर हिडिरहेको जस्तो लाग्छ ।’

कार्यक्रममा बोल्दै प्रचण्डले गिरिजा प्रसाद कोइरालाको स्मरण गर्दै कोइरालापछी अहिले आफू एक्लो भएको जस्तो महसुस हुन थालेको बताए । उनले भने, ‘सात राजनीतिक दलको तर्फबाट अभिभावकको भुमिकामा गिरिजाप्रसाद कोइराला र विद्रोही नेताको रुपमा आफुले हस्ताक्षर गरेपछि नेपालमा युगान्तकारी परिवर्तन आएको हो ।’

  • प्रकाशित मिति : चैत ११, २०७८, शुक्रवार १६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८