• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

स्थानीय तह निर्वाचन : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

  • खबरदाता

स्थानीय तह निर्वाचन : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते उम्मेद्बारी दर्ताको समय तोकिएको छ।

निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : चैत ४, २०७८, शुक्रवार १६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८