• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

  • खबरदाता

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

फागुन ११,२०७८

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको रहेकी छन।

सैनवार गाउँकी लिली मंगलबार बेलुका ७ बजे आफूले पालेका सुँगुर–बंगुरलाई चारो हाल्न गएकी थिइन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले त्यही समयमा उनलाई आक्रमण गरेको वडाध्यक्ष शेरबहादुर थारुले बताए।

‘बाघले आक्रमण गरेपछि अरुले होहल्ला गरे। बाघ भाग्यो’, उनले भने, ‘गम्भीर घाइते भएकी लिलीलाई उपचारका भुरीगाउँ लगिएको थियो। बचाउन सकिएन।’

राष्ट्रिय निकुञ्जको आडमा रहेका बस्तीका बासिन्दाहरु छेकबारको व्यवस्था नहुँदा आफ्नै घरमा पनि असुरक्षित हुने गरेको उनले बताए।

लिलीको शव पोस्टमार्टमका लागि अहिले गुलरिया अस्पतालमा राखिएको छ। बर्दियामा यो वर्ष हालसम्म बाघको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ।

  • प्रकाशित मिति : फागुन ११, २०७८, बुधवार ०२:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८