• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

स्थानीय निर्वाचनका लागि १० दलले गरे दर्ता

  • खबरदाता

स्थानीय निर्वाचनका लागि १० दलले गरे दर्ता

 

फागुन ९,२०७८

निर्वाचन आयोगले तोकेको समयमसिमा भित्र १० वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन।

आयोगमा दर्ता भएका १०९ वटा दल मध्ये १० आइतबार सम्म १० दलले मात्र निवेदन दिएका हुन।आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो।

आइतबार मात्रै ५ दल निवेदनको लागि आएको आयोगका प्रबक्ता शालिग्राम पौडेलले जानकारि दिए।राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको प्रवक्ता पौड्यालको भनाइ थियो।

निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन्।

आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ताका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा ५ देखि १५ फागुनसम्म दल दर्ताको निवेदन दिन आयोगले आह्वान गरे बमोजिम आयोगमा दर्ता भइसकेका दलहरुले निर्वाचन प्रयोजनका लागि दर्ता गरेका हुन्। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टीले ९लोसपा०ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउने छन्।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन्। उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नु पर्नेछ। ऐनअनुसार गत प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेका दल राष्ट्रिय दलमा दर्ज हुन सक्दैनन्।
दल दर्ताका लागि दलको सम्पूर्ण विवरण, पदाधिकारी र केन्द्रिय समति प्रदेश र जिल्लाको पदाधिकारी सदस्य, निर्वाचनबाट चयन भएका केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीको विवरण, आयोगमा दलले पेश गरेको बार्षिक लेखा परीक्षण, दलको निर्वाचन चिन्ह, तथा यस अगाडि निर्वाचनमा लिएको चिन्ह परिर्वतन गर्न परेमा तीन वटा आफूले चाहेको निर्वाचन चिन्ह पेश गर्नुपर्ने प्रावधान छ। त्यस्तै केन्द्रीय समितिबाट दल दर्ता गर्ने निर्णय भएको प्रतिलिपी दलको विधान तथा घोषणपत्र निर्वाचन चिन्हको नमूना र विद्युतीप्रति समेत पेश गर्नुपर्ने आयोगले स्पष्ट भनेको छ। संविधानको धारा २७१ को उपधारा २ बमोजिमका सर्तहरु समेत पूरा गरेपछि मात्रै दलहरु निर्वाचनमा भाग लिन पाउने छन्।

 

  • प्रकाशित मिति : फागुन ९, २०७८, सोमवार ०१:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८