• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

देउवाले बोलाए सर्बदलिय बैठक, ओली जालान ?

  • खबरदाता

देउवाले बोलाए सर्बदलिय बैठक, ओली जालान ?

 

असोज १४,२०७८

प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सर्बदलिय बैठक बोलाएका छन।

उनले सङ्घीय संसद्को गतिरोध अन्त्यका कसरी गर्न सकिन्छ भन्ने विषयका बारेमा छलफल गर्नका लागि बैठक आव्हान गरेका हुन।

प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजेका लागि सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाइ बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली जाने या नजाने निश्चिति भएको छैन ।

यस अघि सभामुखले बोलाएको सर्बदलिय बैठकमा पनि ओली उपस्थित भएका थिएन । सो बेला आफुले कार्बाहि गरेका माधब कुमार नेपाल उपस्तिथि भएकोले नेता ओली अनुपस्थित भएका हुन।
प्रधानमन्त्री देउवाले बोलाएको सर्बदलिय बैठकमा कुन कुन पार्टीका नेता सहभागि हुने भन्ने निर्णय कसैले पनि गरिसकेका छैनन।

नेकपा एकीकृत समाजबादिका नेता नेपाल स्वास्थ्यमा समस्या आएपछी अस्पताल भर्ना भएका छन।नेपाल र सभामुख अनुपस्थित भएमा नेता ओली सो बैठक मा उपस्थित हुने सम्भावना देखिन्छ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

  • प्रकाशित मिति : असोज १४, २०७८, बिहीवार ०१:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८