माघ–१,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार १७७ रहेको छ । यो ९७।६ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५०३२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
आज चितवनमा १ र काठमाडौं उपत्यकामा २४६ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९१७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ४२६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २३१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५२ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने कालीकोट ,रुकुम पश्चिम् , मुगु र बझाङमा संक्रमितको संख्या सुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८