२०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६ नोभेम्बर २६ तारिख। मंसिर कृष्ण पक्षको द्वितीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष – दिन सामान्य राम्रो छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
वृष – दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।
मिथुन – दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशको आम्दानीमा मन आकर्षित हुने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट – दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।
सिंह – दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ । आज प्रेमिकाको साथ मिल्नेछ ।
कन्या – दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गरेमा सफलता मिल्ने छ। आफन्तको साथ मिल्नेछ।
तुला – दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृश्चिक – दिन सामान्य छ। आज यात्रा गर्दा जोगिनुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ।
धनु – दिन धेरै राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ।
मकर – दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।
कुम्भ – दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ ।
मीन – दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ । अप्ठेरो परिस्थितिमा तपाईंको नामको चर्चा हुनेछ। परिवारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८