नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ।
गत असोज १८(२३ मा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिक गरेको हो। कांग्रेसको १५औँ महाधिवेशनबाट आएको समिति अध्यावधिक गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।
कांग्रेसले गत असोज १८ देखि २३ मा सम्पन्न महाधिवेशनबाट २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो। जसमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू रहेका थिए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ मा पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा सोहीबमोजिम विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि त्यसै दफामा उल्लेख छ।
आयोगले कांग्रेसले बुझाएका कागजात र संशोधित विधानको लामो समय अध्ययन गरेर आज विवरण अद्यावधिक गरेको छ। सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी विधाराधीन छ।
अन्तिम फैसला नआउँदा कांग्रेस दुई खेमामा विभाजित भएको छ। थापाको नेतृत्वमा एउटा महाधिवेशन भइसकेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अर्को महाधिवेशन गर्दैछन्।
गत पुसमा भएको विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका थापाले जिल्ला र प्रदेश छोडेर गत असोज १८(२३ मा १५औँ महाधिवेशन गरिसकेका छन्। देउवा पक्षले सबै तहको अधिवेशन गरेर मंसिर २१(२३ मा महाधिवेशन गर्दै छ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले माग २ मा मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले गत वैशाख ४ मा आयोगको निर्णय सदर गर्दै उनीहरूको रिट खारेज गरेको थियो। त्यसपछि देउवाले गत साउन ६ मा र खड्काले साउन १२ मा फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए।
सर्वोच्चले गत साउन २१ मा पुनरावलोकनको निस्सा दिएपछि आधिकारिकतासम्बन्धी विवाद फेरि अदालतमा विचाराधीन छ। यसबिच देउवा पक्षले २१ देखि २३ मंसिर कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भएको पत्र निर्वाचन आयोगमा बुझाएको थियो। देउवा समूहले निर्वाचन आयोगमा पेश गरेको कार्यतालिकालाई आयोगले अभिलेखमा राखेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८