• मंसिर ६, २०८३, आइतवार Sunday, 22 November, 2026

मुग्लिन – नागढुंगा सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

  • खबरदाता

मुग्लिन – नागढुंगा सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

मुग्लिन – नागढुंगा सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो ।

प्रशासनले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो ।

उक्त सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

“नागढुंगा–मुग्लिनसडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो गई सवारी आवागमन प्रभावित बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३-०८-०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म (दैनिक पाँच घण्टा) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुंगारमाटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

सो समयावधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएको समयमा उक्त सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहनेछ । वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०८३, शनिवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८