• मंसिर ३, २०८३, बिहीवार Thursday, 19 November, 2026

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

  • खबरदाता

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

देशका केही स्थानमा बादल लागे पनि आज मुख्यतया मौसम सफा हुनेछ । ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहे पनि वर्षाको सम्भावना भने छैन ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी र मधेस प्रदेशमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । ‘अक्वान’ चक्रवातको आंशिक प्रभावका कारण बादल लाग्ने भएको हो ।

  • प्रकाशित मिति : मंसिर ३, २०८३, बिहीवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८