• कात्तिक २४, २०८३, मंगलवार Tuesday, 10 November, 2026

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

  • खबरदाता

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार गएराति सडक माथिबाट पहिरो खसेको थियो । पहिरो पन्छाउन सोमबार बिहान ६ः३० बजेदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ ।

पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०८३, सोमवार ०७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८