सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् ।
सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबार (कात्तिक १७) बाट लागु हुनेगरी बिदा लिएका हुन् ।
बिदामा बस्नुको कारण भने खुलेको छैन । सर्वोच्चको मुद्दा पेसी सूचीमा न्यायाधीश फुयाललाई इजलास तय भएको छैन ।
न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन सोमबार बसेको सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले विवादमा परेका न्यायाधीशमाथि छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने निर्णय लिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८