• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

  • खबरदाता

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

दुई साताभन्दा बढी समयपछि आज कात्तिक १७ गते मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।

सामान्यतया सातामा एक वा दुईपटक बस्ने गरेको मन्त्रिपरिषद् बैठक दसैँअघि गत असोज ३० गते बसेयता बसेको छैन।

असोज ३० गते मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको थियो।

यद्यपि असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दसैँ बिदा थियो।

 

  • प्रकाशित मिति : कात्तिक १७, २०८३, मंगलवार १२:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८