जिल्ला कारागार कार्यालय डोल्पाबाट आठ कैदी फरार भएका छन् ।
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार कारागारमा रहेका १७ कैदीमध्ये आठ जना सुरुङ खनेर भागेका हुन् । अहिले प्रमुख जिल्ला अधिकारी र डीएसपीको टोलीले कारागार कक्षको निरीक्षण गरिरहेको छ ।
फरार कैदीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८