• कात्तिक १४, २०८३, शनिवार Saturday, 31 October, 2026

वर्षा नरोकिए आज एनपीएल खेल हुने सम्भावना न्यून

  • खबरदाता

वर्षा नरोकिए आज एनपीएल खेल हुने सम्भावना न्यून

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ। तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ।

आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

तर बिहिबार रातिदेखिको वर्षाले आजका लागि तोकीएका दुवै खेल हुने सम्भावना न्युन छ। आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन्।

लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन्।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।

चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो।

वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।

एनपीएलका एक खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।

पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

लगातार दोस्रो हार भोगेको विराटनगरले भने पहिलो जित निकाल्न चाहान्छ।

विराटनगर पहिलो खेलमा चितवनसँग चितवनसँग ८ रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो।

  • प्रकाशित मिति : कात्तिक १४, २०८३, शनिवार ०९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८