• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

काठमाडौंमा आजदेखि ग्यास पुरानै मूल्यमा पाइने

  • खबरदाता

काठमाडौंमा आजदेखि ग्यास पुरानै मूल्यमा पाइने

काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ ।

गत १४ भदौमा कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी भएको थियो । वैकल्पिक मार्गबाट ढुवानी भएको ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसामा बढाइएको थियो ।

तर, आजदेखि कृष्णभिरमा नयाँ ट्र्या खोली राजमार्ग सञ्चालमा ल्याइएकोले ग्यास पुरानै मूल्यमा पाइने भएको हो । बुधबार नै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बिहीबार (आज) देखि ग्यास पुरानै मूल्यमा बेच्ने बताएका थिए ।

अब ग्यासको मूल्य २ हजार ६० रुपैयाँ नै कायम हुनेछ ।

  • प्रकाशित मिति : असोज १, २०८३, बिहीवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८