भदौ १० गते आएको बाढीका कारण जलविद्युत् आयोजना कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता छन्।
११ वटा जलविद्युत् आयोजनाबाट कार्यरत रहेकामध्ये ९०९ जना अझै सम्पर्कबाहिर रहेका हुन्। हराएकामध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन्। रसुवामा रहेका जलविद्युत् आयोजनाबाट ६६८ जना बेपत्ता रहेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
जसमध्ये माथिल्लो त्रिशूली १ मा ५३८, रसुवागढीमा ९३, रसुवा भोटेकोशीमा ३, लाङटाङ खोलामा ३९, चिमिमेमा ६, मैलुङमा ५ जना बेपत्ता छन्। यो तथ्यांक शुक्रबारसम्मको हो।
यसैगरी त्रिशूलीमा ३, देविघाटमा १, माथिल्लो त्रिशूली थ्रिएमा ३९, माथिल्लो त्रिशूली ३बीमा २७८, मिडल त्रिशूलीगंगामा २ गरी २२३ जना बेपत्ता छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८