उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव उद्योगीहरूसँग आक्रोशित बनेकी थिइन्। उनले उद्योगी र कर्मचारीहरूसँग आफू वाक्क भएको बताएकी थिइन्।
बुधबार संसदीय समितिको बैठकमा उनले भनेकी थिइन्, ‘५८ वटा ग्यास उद्योग किन चाहियोरु करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’
मन्त्री यादव भन्छिन्- ग्यास उद्योगीलाई पाता कस्नुपर्छ, ५८ वटा उद्योगमाथि पुनर्विचार गर्नुपर्छ
मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि कडा असन्तुष्टि जनाएकी थिइन्।
‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थेरु’ उनको प्रश्न थियो।
यता, नेपाल उद्योग वाणिज्य महासंघले भने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै अभिव्यक्ति फिर्ता लिन र उद्योगीसँग माफी माग्नुपर्ने बताएको थियो।
यसअघि पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा मन्त्री यादवलाई थुनेर सोधपुछ गर्न प्रधानमन्त्री वालेन्द्र शाहले आईजीपी दानबहादुर कार्कीलाई गत असार १६ को राति निर्देशन दिएका थिए। तर, सो प्रयास असफल भएपछि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले मन्त्री यादवलाई फोन गरेर राजीनामा दिन भनेका थिए।
बेनलाई जवाफ दिँदै मन्त्री यादवले आफू ‘राजीनामा दिन तयार रहेको तर राजीनामा पत्रमा कारण पनि खुलाउने’ जवाफ दिएकी थिइन्।
त्यसपछि उनको राजीनामा तत्कालका लागि टरेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८