• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार

  • खबरदाता

एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार

भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा उद्धार गरिएको छ।

शनिबार नुवाकोटको बिदुर नगरपालिका-१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।

वेत्रावतीकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

  • प्रकाशित मिति : भदौ २०, २०८३, शनिवार १४:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८