काठमाडौँ– नागढुङ्गा–मुग्लिङ सडक खण्डअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि काठमाडौँमा ग्यास आपूर्तिमा समस्यामा भएको छ।
काठमाडौँमा यसअघि नै ग्यासको सहज उपलब्धता थिएन। रसुवा बाढीपछि कृष्णभीरमा पहिरो गएसँगै ग्यास बोकेका ट्याङ्करहरू काठमाडौँ छिर्न नपाएपछि यहाँ ग्यास अभाव देखिएको छ।
कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा बिहीबार बिहान खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ता लाइनमा उभिरहेका छन्।
लामो लाइनमा लाग्दासमेत ग्यास सहज पाउन नसकिएको गुनासको उपभोक्ताको रहेको छ।
सरकारले काठमाडौँ सहज ग्यास आपूर्ति बनाउन व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८