नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघिको कारोबार दिन बुधबार छापावाल सुन ३ लाख चार हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । आज चाँदी २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८