• भदौ ३, २०८३, बुधवार Wednesday, 19 August, 2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‌को नियमित बैठक बोलाएका छन्।

सरकारका समसामयिक विषय तथा नियमित प्रशासनिक कार्यसूचीहरूमाथि छलफल गर्नका लागि उक्त बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि बैठक तय गरेका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने जनाइएको छ।

बैठकमा मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल गरी आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू लिइने अपेक्षा गरिएको छ।

  • प्रकाशित मिति : भदौ ३, २०८३, बुधवार ०९:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८