काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म १८औं संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्थापनाको ५०औं वर्ष ९गोल्डेन जुब्ली० को अवसर पारेर आयोजना गर्न लागिएको यस वृहत प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन्।
प्रदर्शनीमा प्यासेन्जर कार, दुईपाङ्ग्रे सवारीसाधन, लाइट कमर्सियल भेइकल, विभिन्न अटोमोबाइल पार्टपुर्जा, टायर तथा ब्याट्रीका साथै बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ।
सवारी खरिद गर्न चाहने तथा अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिबारे जानकारी लिन चाहनेहरूका लागि यो मेला प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
यस वर्षको अटो शोमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ विशेष प्याभिलियन राखिनेछ।
साथै, अत्याधुनिक प्रविधिको प्रदर्शनका रूपमा जीआई ह्युमनोइड तथा जीओ २ क्वाड्रुपेड रोबोट प्रदर्शनीको मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
६ दिनसम्म सञ्चालन हुने उक्त अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८