• भदौ २, २०८३, मंगलवार Tuesday, 18 August, 2026

पत्रकार श्रेष्ठलाई हाजिर जमानी छाडे पनि प्रहरी अनुसन्धान नरोकिने

  • खबरदाता

पत्रकार श्रेष्ठलाई हाजिर जमानी छाडे पनि प्रहरी अनुसन्धान नरोकिने

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरे पनि वैयक्तिक गोपनीयता हनन कसुरको आरोपमा अनुसन्धान गर्ने बाटो भने खोलिदिएको छ ।

श्रेष्ठलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न परमादेशमा भनिएको छ । गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको हकमा उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।

सर्वोच्चमा भएको दुईतर्फी सुनुवाईपछि न्यायाधीशद्वय डा।नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले वन्दीप्रत्यक्षीकरण आदेश जारी गर्नुनपर्ने ठहरसहित श्रेष्ठलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो । ुुअनुसन्धान तहकीकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा १५ बमोजिम निवेदकलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर काठमाडौंंको नाउँमा परमादेश जारी हुने ठहर्छ,ुु संक्षिप्त आदेशमा भनिएको छ ।

सर्वोच्चले श्रेष्ठको निवास र कार्यालयबाट जफत गरिएका सबै सामान फिर्ता गर्न समेत आदेश दिएको छ ।

  • प्रकाशित मिति : भदौ १, २०८३, सोमवार २१:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८