• साउन २८, २०८३, बिहीवार Thursday, 13 August, 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • खबरदाता

पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

श्रेष्ठविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।

  • प्रकाशित मिति : साउन २७, २०८३, बुधवार २१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८