• साउन ६, २०८३, बुधवार Wednesday, 22 July, 2026

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ७ जना किसान घाइते, एकको अवस्था गम्भीर

  • खबरदाता

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ७ जना किसान घाइते, एकको अवस्था गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो ।

घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो ।

भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।

पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए ।

  • प्रकाशित मिति : साउन ५, २०८३, मंगलवार १४:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८