• असार २९, २०८३, सोमवार Monday, 13 July, 2026

कुन–कुन स्थानमा छ ‘अति भारी’ वर्षाको सम्भावना ?

  • खबरदाता

कुन–कुन स्थानमा छ ‘अति भारी’ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भागनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, देशका विभिन्न स्थानमा आइतबार ९असार २८० मध्यमदेखि ‘भारी’सम्मको वर्षाको सम्भावना छ । केही स्थानमा ‘अति भारी’ वर्षाको समेत सम्भावना छ ।

आइतबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

मधेस, कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेशसहित कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

त्यस्तै, राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ,” विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

“कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थान तथा मधेस प्रदेशलगायत कोसी, वागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” विभागको पूर्वानुमान छ । साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा ‘अति भारी’ वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागले जनाएको छ ।

  • प्रकाशित मिति : असार २८, २०८३, आइतवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८