• असार १७, २०८३, बुधवार Wednesday, 01 July, 2026

फैलियो मनसुन, नेपाल भित्रिन ६ दिन ढिला हुने

  • खबरदाता

फैलियो मनसुन, नेपाल भित्रिन ६ दिन ढिला हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आज मंगलबारबाट देशभर फैलिएको घोषणा गरेको छ।

महाशाखाले मंगलबार मनसुन बुलेटिन जारी गर्दै नेपालभर मनसुनको प्रभाव पूर्ण रूपमा विस्तार भएको जनाएको हो।

यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा केही ढिला गरी भित्रिएको थियो। साधारणतया नेपालमा जुन १३ तारिखमा पूर्वी भूभागबाट मनसुन प्रवेश गरी एक साताभित्र देशभर विस्तार हुन्छ। तर यस वर्ष औसत मितिभन्दा ६ दिन ढिला गरी असार ५ गते (जुन १९ तारिख) मात्रै कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल भित्रिएको थियो।

महाशाखाका अनुसार असार ५ गते कोशी प्रदेशको केही भूभागमा सीमित रहेको मनसुन असार ८ गते (जुन २२ तारिख) सम्म आइपुग्दा कोशीको बाँकी भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानसम्म विस्तार भएको थियो।

त्यसपछि थप अगाडि बढ्दै आज असार १६ गते (जुन ३० तारिख) का दिन देशैभरि (सुदूरपश्चिम र कर्णाली प्रदेशसहित) फैलिएको हो।

यसरी पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर विस्तार हुन यस वर्ष कुल १२ दिन लागेको महाशाखाले जनाएको छ।

  • प्रकाशित मिति : असार १६, २०८३, मंगलवार २०:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८