• वैशाख १५, २०८३, मंगलवार Tuesday, 28 April, 2026

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

  • खबरदाता

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीनदिन लागेको थियो । सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सन बगाएका थिए ।

सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।

 

  • प्रकाशित मिति : वैशाख १४, २०८३, सोमवार १७:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८